स्वास्थ्यको तल्लो तहको समायोजन सूची किन आएन ? यस्तो छ कारण

26.7k
Shares

काठमाडौँ, २४ चैत । समायोजन कार्य सकिएको घोषणा गरेको १० दिन पुग्नै लाग्दा सम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका तल्लो तह (चौथो, पाँचौँ, छैटौँ / पाँचौँ, छैटौँ, सातौँ) तहका कर्मचारीको विवरण सार्वजनिक गर्न सकेको छैन । अब बिबरण कहिलेसम्म सार्वजनिक हुन्छ ? सामान्यका कर्मचारीले त्यो पनि दिन तोकेर भन्न गाह्रो मानिरहेका छन् ।

यद्धपी, सामान्य प्रशासन मन्त्रालय उच्चस्रोतले ती तहका अहेव र अनमी बाहेक अरु उपसमूहका कर्मचारीको समायोजन दुई चार दिन भित्रै हुनसक्ने बताएको छ । र, सबै कर्मचारीको समायोजन एक साता देखि १० दिन भित्र गरिसक्ने योजना रहेको जानकारी दिएको छ । तर यत्तिमै भर हुने अवस्था भने छैन । किनभने सामान्य प्रशासनका सचिव दिनेश थपलियाले २० चैत सम्ममा सबैको विवरण आइसक्ने बताएका थिए । सचिव थपलियाको सो दावी यति खेर फेल भएको छ । 

सामान्य प्रसाशन मन्त्रालय स्रोत भन्छ, ‘अहिले पनि स्वास्थ्यका चौथो देखि सातौँ तहका कर्मचारीको समायोजन विवरणमा देखिएका गल्ती सच्याउने काममै रोकिएको हो । ‘हामीले समायोजन सकिएको घोषणा गरेको १५ चैतकै दिनमा विवरण प्रकाशित गर्ने तयारी गरेका थियौँ । तर विवरणको फाइनल चेक गर्दा थुप्रै गल्ती भेटियो । त्यसलाई सच्याउन निकै अफ्टेरो भइरहेको छ,’ सामान्यका एक अधिकारीले भने ।

उनले अबको दुई देखि तीन दिन भित्र अहेव र अनमी बाहेकको विवरण प्रकाशित हुनसक्ने र त्यसपछि एक साता भित्रमा अहेव र अनमी सहित बाँकी सबै विवरण सार्वजनिक गर्ने तयारी भएको पनि बताए ।

सामान्यका ती अधिकारीले स्वास्थ्यका बढुवा, स्तरबृद्धिमा देखिएका ‘कन्फ्युजन’लाई ‘सफ्टवेर’ले ‘सर्पोट’ नगर्दा पनि केही ढिलाई भएको बताए । ‘थोरै संख्या होइन, विवरणको फाइनल चेक गर्दा थुप्रै गल्ती भेटियो । यसले झनै समस्या ल्याउछ भन्ने निस्कर्षमा हामीसंग स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले पनि सल्लाह दिनुभयो । त्यसपछि त्यसलाई सच्याउन तर्फ लाग्यौँ । अझै भ्याइएको छैन । यहि दिन सार्वजनिक गछौँ भन्ने अवस्था पनि छैन’ उनले भने ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गत १५ चैतमा पत्रकार सम्मेलन गरेर कर्मचारी समायोजन सकिएको घोषणा गरेका थिए । त्यसबेला उनले स्वास्थ्य समूहका २७ हजार ३०३ जना कर्मचारी समायोजनमा परेका र ती मध्ये ६५७ जना फाजिलमा रहेको जानकारी दिएका थिए ।

त्यस यता सामान्यले आंसिक रुपमा सातौँ सहित आठौँ, नवौँ र दशौँ तहका कर्मचारी समायोजनको विवरण प्रकाशित गरेको छ । त्यसमा पनि केही त्रुटिहरु भेटिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

2 thoughts on “स्वास्थ्यको तल्लो तहको समायोजन सूची किन आएन ? यस्तो छ कारण

  1. samayojan va ko xain vane kin samabodhan garnu paryo sarkar le.taar yadi samayojan va xa vane list sarbajanik garnu paryo

Leave a Reply to mahesh Cancel reply

Your email address will not be published. Required fields are marked *