गण्डकी प्रदेश सरकारले सञ्चालनमा ल्यायो स्वास्थ्य तालिम केन्द्र

1.9k
Shares

पोखरा ,  ८ चैत । प्रदेश मातहतमा रहने गरी गण्डकी प्रदेश सरकारले स्वास्थ्य तालिम केन्द्र सञ्चालनमा ल्याएको छ । पोखरामा आज आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश स्वास्थ्य तालिम केन्द्रको उद्घाटन गरिन ।

सो अवसरमा बोल्दै प्रदेश मातहतमा रहने स्वास्थ्यकर्मीको बृत्तिविकासका लागि तालिमकेन्द्र उपयोगी हुने बताइन ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेल, स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक रमेश प्रसाद अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै कायृक्रममा स्वास्थ्य कार्यलय कास्कीका प्रमुख तथा स्वास्थ्य निर्देशनालयका निर्देशकको समेत उपस्थिति थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *