स्वास्थ्यको समायोजन : ‘सातौँ, आठौँ, नवौँ, दशौँ तहको समायोजन भोलिसम्ममा टुंगिने’

काठमाडौँ, ३ चैत । स्वास्थ्य समूहका सातौँ, आठौँ, नवौँ र दशौँँ तहका कर्मचारीको समायोजन भोली( सोमबार) सम्म टुंगिने बताइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयका अधिकारीसंगको छलफलमा यी चार वटा तहको समायोजनको काम सोमबार ( ४ चैत) सम्ममा टुंग्याउने बताएको थियो । सोही अनुसार स्वास्थ्यका अधिकारीहरुले भोलिसम्ममा यी चार तहका कर्मचारीको टुंगो लाग्ने बताएका हुन् ।

सामान्यका अधिकारीहरुसंग छलफल गर्न गएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव महेन्द्रप्रसाद श्रेष्ठले सातौँ आठौँ नवौँ र दशौँ औँ तहका कर्मचारीको समायोजन सोमबारसम्म जुनसुकै हालतमा भएपनि टुंग्याउने प्रतिवद्धता जनाएको बताए । उनले त्यसपछि चौथो पाँचौँ र छैटौँ तह तथा एघारौँ तहको समायोजन टुंगिने जानकारी दिए ।
एघारौँ तहको र पाँचौँ छैटौँ तहको कर्मचारी समायोजनका लागि अझै केही दिन लाग्न सक्ने उनले संकेत गरे । एघारौँ तहको यसअघि नै समायोजन गरिसकेको भएपनि स्वास्थ्यका कर्मचारीले पत्र पाएका थिएनन् ।

त्यसबीचमा थप पाँचवटा अस्पताललाई संघ अन्तरगर्त राख्ने निर्णय भएपछि समायोजन प्रक्रिया थप लफडामा परेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *