त्रिवि जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुखमा डा. आमोद पौड्याल नियुक्त

764
Shares

काठमाडौँ, २१ फागुन । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तरगर्त स्थापना भएको जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुखमा सहप्राध्यापक डा. आमोदकुमार पौड्याल नियुक्ति भएका छन् ।

त्रिविले जनस्वास्थ्यको केन्द्रीय विभाग गठन गरेको पाँच महिना पछि पौड्यालले विभागीय प्रमुखको रुपमा नियुक्ती पाएका हुन् ।

गत १७ भदौमा बसेको त्रिवि कार्यकारी परिषदको बैठकले जनस्वास्थ्य क्षेत्रको सर्वोपरी विकास र सेवा विशिष्ठीकरणको लागि भन्दै जनस्वास्थ्य केन्द्रीय विभाग गठन गर्ने निर्णय गरेको थियो ।

विभाग गठन भएको पाँच महिना वितिसक्दा समेत विभागको प्रमुख नियुक्ति ढिलाई भएको भन्दै महाराजगञ्ज मेडिकल कलेजका विद्यार्थीहरुले तीन महिनासम्म डीन कार्यालय बन्द गेका थिए ।

यस्तै नेपाल जनस्वास्थ्य संघ (नेफा)ले समेत त्रिवि पदाधिकारी तथा डीन कार्यालयलाई पटक पटक ध्यानाकर्षण गराएको थियो । पछि डीन कार्यालयको ताला खोल्न भएको सम्झौँतामा विभागीय प्रमुख तत्काल नियुक्ति गर्ने उल्लेख थियो । सोही अनुसार आइओएमका डीन प्राडा जगदीश अग्रवालले त्रिविलाइ विभागीय प्रमुखको निम्ति लिखित राय पेश गरेका थिए ।

पौड्यालले त्रिवि अन्तर्गत जनस्वास्थ्य बिभागमा विगत २७ वर्षदेखि  प्राध्यापन गर्दै आएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *