सहसचिवद्धय बुर्लाकोटी र गुरागाईँ स्वास्थ्य मन्त्रालयमै पदस्थापन

काठमाडौँ, २० फागुन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत प्रशासन सेवा समूहका दुई जना सहसचिवको पदस्थापन स्वास्थ्यमै हुने भएको छ । स्वास्थ्यमै पदस्थापन हुनेहरुमा मधुसुदन बुर्लाकोटी र जनार्दन गुरागाँई छन् ।उनीहरु लामो समय देखि स्वास्थ्यमै कार्यरत थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार २१५ जना सहसचिवको पदस्थापन गर्दा बुर्लाकोटी र गुरागाईँ पहिलेकै मन्त्रालयमा परेका हुन् ।

सामान्यले गत १३ फागुनको मन्त्रिपरिषदले गरेको निर्णय भन्दै आइतबार २१५ जना सहसचिवको पदस्थापन सूचि प्रकाशित गरेको थियो । सो सूचीमा १५३ औँ नम्बरमा बुर्लाकोटी र १५४ औँ नम्बरमा गुरागाईँ परेका छन् ।

यता समायोजनमा परिसकेका स्वास्थ्य सेवा समूहका सहसचिवहरुले भने अहिलेसम्म पत्र प्राप्त गरेका छैनन् । गत २१ माघमा मन्त्रिपरिषदले निर्णय गरी २९ माघमा सूचि प्रकाशित भएपनि उनीहरुले पदस्थापनको पत्र भने पाएका छैनन् ।

सामान्यले पछिल्लो पटक केही अस्पतालहरु केन्द्र मातहतमा राख्ने गरी सरकारले निर्णय गरेपछि र समायोजन फारममा समेत केही गल्ती भेटिदाँ त्यसलाई सच्याउन समय लिइएको बताउँदै आएका छन् । तर, स्वास्थ्यका अधिकारीहरु भने सामान्यले षडयन्त्रपूर्वक चिठी दिन ढिलाई गरेको आरोप लगाउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *