प्रेमसागर कर्माचार्यले गरे १५७ औँ पटक रक्तदान

104
Shares

काठमाडौँ, १९ फागुन । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५७ औँ पटक रक्तदान गरेका छन् ।

डोटेली समाज काठमाडौँद्धारा शनिबार आयोजित बृहत रक्तदान कार्यक्रमको उदघाटन गर्दै कर्माचार्यले १५७ औँ पटक रक्तदान गरेका हुन् ।

नयाँ बानेश्वरस्थित रत्नराज्य उमाविमा आयोजित कार्यक्रममा कर्माचार्यसंगै अरु ११० जनाले पनि रक्तदान गरेका थिए । सो अवसरमा डोटेली समाज काठमाडौँका अध्यक्ष जगदीश केसीले कर्माचार्यलाई अभिनन्दन पत्र मार्फत सम्मान गरेका थिए ।

हरेक तीन तीन महिनामा नियमित रुपमा रक्तदान गर्दै आएका कर्माचार्य पछिल्लो दशक देखि नै सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्तिको सूचीमा पहिलो नम्बर रहँदै आएका छन् । कर्माचार्यले पछिल्लो पटक विभिन्न जिल्लामा शाखा विस्तार गरी रक्तदान कार्यक्रमको जनचेतना तथा प्रवर्दनमा लागि पर्दै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *