पृथ्वी चन्द्र अस्पतालको सेवामा सुधार
नेपाली हेल्थ २०७५ फागुन १४ गते १६:०१ 0
नवलपरासी, १४ फागन। पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा पछिल्लो पटक सेवा प्रवाहमा सुधार आएपछि बिरामी लाभान्वित बनेका छन् ।सधैँ चिकित्सक अभाव हुने पृथ्वीचन्द्र अस्पतालमा अहिले तीनजना विशेषज्ञ चिकित्सक छन् । ५० श्या र ५२ जना कर्मचारीको दरबन्दी रहेको यस अस्पतालमा ३१ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।
अहिले विशेषज्ञ चिकित्सक आएपछि प्रसूतिसँगै उपचार सेवामा सुधार आउन थालेकाले बिरामीको चाप पनि क्रमशः बढ्न थालेको अस्पतालले जनाएको छ ।
पछिल्लो पटक प्रसूति सेवा समेत विस्तार भएपछि जिल्ला अस्पतालमा आएर प्रसूति सेवा लिने महिलाको सङ्ख्या बढेको देखिन्छ ।
अहिले मासिक करीब १४० जनाको प्रसूति हुने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा अनन्त शर्माले जानकारी दिए ।
गत भदौमा शल्यक्रियासहितको प्रसूति सेवा विस्तार गरेपछि अहिले छ महीनाको अवधिमा १३० जनाको शल्यक्रियाबाट मात्रै प्रसूति सेवा प्रदान गरिएको उनले बताए ।
त्यसअघि सामान्य प्रसूति सेवा मात्र उपलब्ध थियो । अस्पतालका अनुसार गत आर्थिक वर्षमा ८८० जनाले प्रसूति सेवा लिएकामा अहिले चालु आवको छ महीनामै ८५७ जनाले प्रसूति सेवा लिएका छन् ।रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
-
नारायणी अस्पतालको गाइने वार्डबाट चोरिएको नवजात शिशु २० घण्टा पछि फेला
-
भोटेकोशी-रसुवा बाढीमा खोज उद्दारबारे ‘धन्यवाद’ भन्दै प्रधानमन्त्री शाहले गरे आजको ‘ब्रिफिङ’
-
अन्नपूर्ण न्युरो अस्पताल र कार्यरत कर्मचारीका तर्फबाट उद्दार कोषमा ३० लाख रुपैयाँ जम्मा
-
भोटेकोशी रसुवा बाढी प्रभावितका लागि नेपाल औषधी आयातकर्ता संघद्धारा तीन करोड बढी मूल्यको औषधी हस्तान्तरण
-
रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या नौ सय नाघ्यो, ४२४७ जना सम्पर्क विहीन
-
-
औषधी व्यवस्था विभागको महानिर्देशकमा पुन: भरत भट्टराई
-
स्वास्थ्यमा सरुवा : मन्त्रालयको नीति तथा योजनामा आए डा. विवेक लाल, डा. शर्मा क्षयरोग केन्द्रमा
-
स्वास्थ्य सेवा विभाग व्यवस्थापनमा डा. मण्डल, पण्डितलाई मन्त्रालय तानियो
-
भोटेकोशी बाढी पछि केरुङबाट वेपत्ता भएका डा. आचार्यको खोजी गरिदिन परिवारको आग्रह
-
यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेको तीन मुख्य निर्णयहरु
-








