बैतडीमा कुष्ठरोगीको सङ्ख्यामा वृद्धि

84
Shares

बैतडी, ७ फागुन । जिल्लामा हाल ११ कुष्ठरोगीको उपचार भइरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीका अनुसार गत वर्ष चार कृष्ठरोगी भेटिएका थिए ।

कुष्ठरोग सरुवा रोग भए पनि हाम्रो समाजमा कुष्ठरोगलाई विभिन्न देवीदेवताको श्रापका कारण लाग्ने रोगका रुपमा लिने गरिन्छ । उपचार गराएमा यो रोग निको हुने स्वास्थ्य कार्यालयका प्रमुख निशा जोशी बताइन् । “कुष्ठरोगप्रतिको नकारात्मक धारणा हटाउनुपर्छ”, उनले भने ।

कुष्ठरोगको बारेमा चेतना फैलाएर यो रोगका बारेमा रहेका भ्रम हटाउनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । बैतडीमा कुष्ठरोगको पहिचानका लागि विभिन्न स्वास्थ्य संस्थाबाट सेवा प्रदान भइरहेको छ । कुष्ठरोगीलाई समाजमा गरिँदै आएको हेलालाई न्यूनीकरणका लागि स्वास्थ्य कार्यालयले पनि विभिन्न कार्यक्रम गर्दै आएको छ । कुष्ठरोगको निदान र उपचार नेपाल सरकारले निःशुल्क रुपमा गर्दै आएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *