भरतमोहन अधिकारीलाई ह्याम्समा सारियो, मेडिसिटीले उपचारमा लापरवाही गरेको आरोप

 

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई धुम्बाराही स्थित ह्याम्स अस्पतालमा सारिएको छ । यसअघि उनी करीब एक महिना भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत थिए ।

मेडिसिटीमा अस्पतालमा अपेक्षित सुधार नभएपछि ह्याम्समा सारिएको बताइएको छ । यद्धपी उनलाई ह्याम्समा सार्दै गर्दा पारिवारिक स्रोत उदृत गर्दै नेकपाका नेताले मेडिसिटीको उपचारमा गम्भीर प्रश्न उठाएका छन् । नेकपा नेता सूर्य थापाले अधिकारीको उपचारमा मेडिसिटीले गम्भीर लापरवाही गरेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘बितेको एक महिनाको अवधिलाई बिचार गर्दा मेडिसिटीले उहाँको उपचारमा घोर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेको अनुभूति जोकोहीलाई भएको छ । फोक्सोमा जमेको कफ समेत ननिकाली अस्पतालमा के उपचार गरिएको होला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन ।’

नेकपाको जिम्मेवार नेताको उपचार बारेमा अर्का जिम्मेवार नेताले गम्भीर प्रश्न उठाएपनि मेडिसिटीले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।

थापाले ह्याम्स अस्पतालमा अधिकारीको डा भगवान कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायतका समूहले स्वास्थ्य उपचार गरिरहेका छन् ।

अधिकारीको मेडिसिटीले गरेको उपचारबारे थापाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन ;

@ ह्याम्स अस्पताल । भरतमोहन अधिकारी यस अस्पतालमा सारिनुभएकाे छ । सानेपाबाट नजिक हुनाले उहाँ मेडिसिटी अस्पताल भर्ना हुनुभयाे । केही दिनपछि डिस्चार्ज गरिनुभयाे ।

पुनः स्वासप्रस्वास लगायत विभिन्न समस्या देखियाे र मेडिसिटीमै भर्ना हुनुभयाे । एक महिना उपचार गर्दा समेत २० काे १९ नभएपछि उहाँलाई हिजाेदेखि ह्याम्स अस्पतालमा सारिएकाे हाे । डा. भगवान काेइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्की लगायत देशले भराेसा गरेका र उहाँको स्वास्थ्य समस्याबारे पूर्व जानकार विशेषज्ञहरूकाे उपचारले उहाँ शीघ्र निकाे भएर घर फर्किनुहुने विश्वास छ ।

तर वितेकाे १ महिनाकाे अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँकाे उपचारमा घाेर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेकाे अनुभूति जाेकाेहीलाई भएकाे छ । फाेक्साेमा जमेकाे कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएकाे हाेला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन ।

८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनताका प्रिय पूर्व अर्थमन्त्रीकाे उपचारबारे अावधिक रूपमा जनतालाई नै जानकारी गराउनु पर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालकाे कस्ताे जवाफदेहीपन हाेला ? बुझ्न गा-हाे प-याे ।
खासमा याे अस्पताल कसकाे हाे ? भरतमोहन अधिकारीकाे त याे हविगत बनाइन्छ भने सर्वसाधारणले यहाँ कुन हालत भाेगिरहनु परेकाे हाेला ?

शीघ्र स्वास्थ्यलाभकाे कामना ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *