गोदानले देशभर छरिएका सरकारी चिकित्सकलाई राजधानी बोलायो

३० पुस २०७५ मा ८ बुँदे सम्झौँता पछि सामुहिक तस्बिर खिचाउँदै गोदान प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि

काठमाडौँ, २३ माघ ।  सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले देशभर छरिएका आफ्ना सदस्यहरुलाई काठमाडौँ बोलाएको छ । तीन साता अघि आफूसंग गरेको सम्झौँता विपरित गतिविधिमा सरकार लागेको भन्दै खबरदारी गर्न उसले आफ्ना सदस्यहरुलाई राजधानी बोलाएको हो ।

सरकारले कर्मचारी समायोजन प्रक्रिया टुंग्याउने चरणमा लागेको छ । गोदानले गत ३० पुसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग गरेको सम्झौँतामा चिकित्सक तथा अधिकृत तह भन्दा माथिलाई संघ अन्तरगर्त राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने सम्झौँता गरेको थियो ।

गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेद्धारा आज जारी विज्ञप्तीमा सरकारले आफूहरुसंग गरेको सम्झौँता कार्यान्वयनमा सुस्त गति र समायोजन प्रक्रियालाई द्रुत गतिमा अघि बढाउँदा यसले सम्झौँता विपरीत हुन सक्ने आशंका उब्जिएको उल्लेख छ ।

गोदानले आफ्ना सदस्यहरु एक जुट नभए तत्कालै केही समस्याहरु देखिन सक्ने भन्दै ती समस्याहरुलाई पाँच बुदामा समेटेको छ ।

ती बुँदाहरु यसप्रकार छ

गत ३० पुसमा गोदान र मन्त्रालयबीच भएको सम्झौँता यस्तो थियो 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *