रुपन्देहीमा अढाई हजार विद्यार्थीको मुख तथा दन्त परीक्षण

184
Shares

काठमाडौँ, २१ माघ । रुपन्देहीका विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत अढाई हजार बढी विद्यार्थीको निशुल्क रुपमा मुख तथा दन्त परीक्षण गरिएको छ । शिविरमा अरु ५६ जना सर्वसाधारले पनि मुख तथा दन्त परीक्षण गराएका छन् ।

‘रोटरी लिटरेसी मिसन नेपाल’ अन्तरर्गत रोटरी क्लव अफ काठमाडौँ नर्थ र बीएम फाउन्डेशन काठमाडौँको सहयोग तथा कान्तिपुर डेन्टल सेन्टर भलवारी शाखाको आयोजनामा भएको उक्त शिविरलाई कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा रिसर्च सेन्टर काठमाडौँले प्राविधिक सहयोग पुरयाएको थियो ।

गत १० माघ देखि २० माघसम्म चलेको उक्त शिविरमा विभिन्न स्कुलका २ हजार ५८८ जना विद्यार्थीको मुख तथा दन्त परीक्षण गरिएको थियो । सोही अवसरमा अरु ५६ जना सर्वसाधारणले समेत मुख तथा दन्त परीक्षण गराएका थिए ।

शिविरमा नेतृत्व गरेकी डा निक्की सिंहका अनुसार सेन्ट जोसेफ इग्लिस स्कुल, सेन्ट जोसेफ कलेज, लिटिल प्याराडाइज इग्लिस स्कुल, सञ्जीवनी शिक्षा सदन, अरनिको ईग्लिस स्कुल तथा तिलोत्तमा १७ बरबालियामा शिविर राखिएको थियो । शिविरमा चिकित्सकहरुले मुख तथा दन्त परीक्षणसंगै सहभागीलाई सचेतना कक्षा समेत लिएका थिए ।

परीक्षणका क्रममा धेरैजसो दाँतमा किरा लाग्ने समस्या, गिजा दुख्ने समस्या, दाँत बांगोटिंगो हुने समस्या देखिएको थियो । कसै कसैमा मुखमा घाउ खटिरा समेत देखिएको थियो ।

शिविरमा डा सिंहका अलावा कान्तिपुरबाट डा दिपीका शर्मा र डा सजिता श्रेष्ठका डेन्टल हाइजिस्टहरु नमुना खड्का, सुजाता पन्त, पासांङ माया शेर्पा, सुस्मिता सेडाईँ, सुप्रिया पाण्डे र ममता तिवारी खटिएका थिए । त्यस्तै शिविर व्यवस्थापनमा भलवारी शाखाबाट सर्मिला श्रेष्ठ थापा र प्रेम थापा खटिएका थिए ।

रोटरी लिटरेसी मिसन अन्तरगर्त कान्तिपुरले यसबर्ष काठमाडौँ भक्तपुर ललितपुर रुपन्देही, स्याङजा र कास्कीका गरी १०० वटा स्कुलमा मुख तथा दन्त स्वास्थ्य परीक्षण तथा अभिमुखीकरण सञ्चालन गर्ने योजना रहेको छ । सोही अनुसार रुपन्देहीमा शिविरको आयोजना गरिएको हो ।

अहिलेसम्म करीब ६० वटा स्कुलमा यो अभियान सम्पन्न भइसकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *