पाँच दिन पछि नर्भिकबाट डिस्चार्ज भए पारस शाह

डिस्चार्ज हुनु अघि आफ्नो उपचारमा खटिएका चिकित्सक तथा नर्ससंग सामुहिक तस्बिर खिचाउँदै पारस

काठमाडौँ, १८ माघ । पाँच दिन अघि नर्भिक अस्पतालमा भर्ना भएका पूर्व युवराज पारस शाह डिस्चार्ज भएका छन् । अत्याधिक छाती दुख्ने समस्या भएपछि गत सोमबार नर्भिक पुगेका थिए । परीक्षणका क्रममा उनलाई कडा हृदयघात भएको पत्ता लागेको थियो ।

चिकित्सकले सोही दिन उनको धमनीमा रहेको व्लकेज खोली स्टेन्ट राखिदिएका थिए । नर्भिकमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा यादवदेव भट्ट नेतृत्वको टोलीले उनको उपचार गरेको जियो ।

आज दिउसो दुई बजे डिस्चार्ज भएका पारसलाई लिन उनका बहिनीहरु सितास्मा, दिलाशा तथा उनका निकटस्थहरु नर्भिक पुगेका थिए ।
पारशले अस्पतालबाट बाहिरिने बेलामा आफ्नो उपचारमा सम्लग्न चिकित्सक, नर्स तथा नर्भिक व्यवस्थापनका प्रतिनिधिसंग सामुहिक तस्बिर समेत खिचाएका छन् ।

पारसलाई यसअघि दुईपटक गम्भीर खालको हृदयघात भईसकेको छ । चिकित्सकले शाहको मुटु अत्यन्तै कमजोर भएको भन्दै विशेष सावधानी अपनाउन सुझाव दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *