डा. केसीको समर्थनमा १२ वटा संस्थाले प्रदर्शन गर्दै
काठमाडौँ, १७ माघ । डा गोविन्द केसीको जीवनरक्षाका लागि भन्दै विभिन्न १२ वटा संस्थाहरुले आज दिउसो १ बजे माइतीघरमा प्रदर्शन गर्ने भएका छन् ।
डा. केदारनरसिंह केसी नेतृत्वको प्रजातान्त्रिक विचार समाज नामक संस्थाको अगुवाईमा हुन लागेको प्रदर्शनमा नेपाल डेमोक्रेटिक प्राध्यापक संघ, नेपाल प्रेस युनियन, सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर नेपाल, नेपाल शिक्षक संघ, नेपाल स्वास्थ्यकर्मी एसोसिएसन, डेमोक्रेटिक लयर्स एसोसिएसन, पेशागत महासँघ, त्रि.वि.प्रा.क.संघ, बि.पी. स्मृती अस्पताल, नेपाल सास्कृतिक संघ र डि.ए.ए.एन कीर्तिपुर क्याम्पसको सहभागिता हुने बताइएको छ ।
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केसीले १६ औँ अनशनको २३ औँ दिन हुँदासम्म राज्यले डा केसीको जीवन रक्षाको कुनै कदम नचालेपछि बाध्यभएर प्रदर्शनमा उत्रिनु परेको बताए ।
डा केसीले आम सर्वसाधारणको पहुँचमा स्वास्थ्य शिक्षा पुरयाइनुपर्छ भन्दै थालेको सत्याग्रह र राज्यले उनीसंग पटक पटक सम्झौँता गरिसकेको अवस्थामा त्यसको कार्यान्वयन गर्नै पर्ने आफूहरुको जोड रहेको बताए ।
दिउसो एक बजे माइतीघरमा शुरु हुने प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत हुने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]