पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न

664
Shares

काठमाडौँ, १६ माघ । कागेश्वरी मनहरा नगरपालिका – ६ बाबाचोकमा बुधबार पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन गरिएको छ । लायन्स क्लव अफ काठमाडौँ मनहराको आयोजना तथा शंकरापुर अस्पताल जोरपाटीको प्राविधिक सहयोगमा  नि:शुल्क शिविर सञ्चालन गरिएको हो ।

उक्त शिविरमा १५० जना महिलाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छन् ।

बाबाचोकस्थित सानो संसार प्रि स्कुलमा भएको उक्त शिविरमा बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा मीता थापाको टोली खटिएको थियो ।

शिविर सयोजक बनेकी सानो संसार स्कुलकी प्राचार्य मीरा पुडासैनीका अनुसार १५० जना महिलाको प्याप्समेयर ( पाठेघरको मुखको पानी जाँच) गरिएको थियो ।

टोलीले आवश्यक परेकाहरुलाई नि:शुल्क औषधि समेत वितरण गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *