सरकारले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्नेछ : प्रधानमन्त्री

328
Shares

काठमाडौँ, १६ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको दोहोरयाएका छन् । उनले स्वदेशी उद्योगलाई प्रवर्धन गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

मंगलबार भेट गर्न आएका नेपाल औषधी उत्पादक संघका प्रतिनिधीलाई आश्वास्त पार्दै प्रधानमन्त्री ओलीले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य सहित मुलुक अघि बढेको भन्दै त्यसका लागि स्वदेशी उद्योग स्थापना र लगानी बढाउन जोड दिए । उनले मुलुक समृद्धिको बाटोमा अघि बढीसकेको भन्दै अब त्यो नरोकिने समेत दावी गरे ।

उद्योगीहरुले स्वदेशी औषधि उद्योगले भोग्नु परेको कठिनाई र राज्यले गर्नुपर्ने सहयोगका बारेमा कुरा राखेका थिए । सो अवसरमा आगामी फागुनमा हुने चितवनमा हुन लागेको फार्मा एण्ड हेल्थ एक्स्पोमा सहभागी भै दिन प्रधानमन्त्री ओली समक्ष आग्रह गरेको संघका महासचिव प्रज्वलजंग पाण्डेले जानकारी दिए ।

यसपटक एक्स्पोमा औषधिसंगै मरणोपरान्त हुने अंगदान सम्वन्धी अभियान प्रवर्धन गर्ने योजना समेत अघि सारेकोमा प्रधानमन्त्रीले खुशी व्यक्त गरेको समेत सुनाए ।

एपोनले यसपटक सहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रसंग मिलेर अंगदान सम्वन्धी क्याम्पियन सुरु गर्ने योजना अघि सारेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *