संखुवासभामा निशुल्क शिविर : आँखा र कान परीक्षण गर्नेको संख्या ८ हजार

सङ्खुवासभा, १६ माघ । खाँदबारी नगरपालिकामा आयोजित निःशुल्क आँखा तथा कान जाँच शिविरमा आठ हजार पाँच सयभन्दा बढी व्यक्तिले सेवा लिएका छन् ।

खाँदबारी नगरपालिका र नेपाल नेत्रज्योति सङ्घ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको संयुक्त आयोजनामा भएको सो शिविरमा नगर क्षेत्रभित्रका ३८ विद्यालयका सात हजार विद्यार्थी तथा एक हजार पाँय सय बढी स्थानीयवासीले आँखा र कान जाँच गराएका थिए ।

सो क्रममा पन्चानब्बे जनामा मोतियाविन्दु भेटिएको छ भने ३०० विद्यार्थीको पुनः आँखा जाँच गर्नुपर्ने देखिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालले जानकारी दिए ।

“उनीहरुलाई खाँदबारी अस्पतालका लागि सिफारिश गरिएको छ,” उनले भने । चालीस विद्यार्थी तथा ६० स्थानीयवासीको कानको जालीमा प्वाल परेको भेटिएको छ ।

मोतियाविन्दुका विरामीको शल्यक्रिया माघ २५ र २६ गते गरिने बरालले बताए ।

शिविरमा ६०० जनलाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *