राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले स्वीकृत

काठमाडौँ, १४ माघ । राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

आजको दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका बीच उक्त विधेयकसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो । आजको दोस्रो बैठक शुरु हुनेवित्तिकै नेपाली काङ्ग्रेसका सांसद आ–आफ्ना स्थानबाट उठेर बैठकलाई अवरोध गरेका थिए ।

काङ्ग्रेसका तर्फबाट सांसद राधेश्याम अधिकारीले संसदीय मर्यादा विपरीत सरकारले चिकित्सा विधेयक अघि बढाएकाले बाध्यतावश विरोध जनाउनु परेको उल्लेख गरे । उनले सोही विषयलाई लिएर अनशनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य सरोकारका विषयमा सरकारले चासो नदिएको भन्दै तत्काल वार्ताटोली गठन गरी वार्ता प्रक्रिया शुरु गर्न आग्रह गरे ।

राष्ट्रियसभाको अर्को बैठक यही माघ १७ गते बिहीबार दिउँसो २ बजे पुनः बस्नेछ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *