डा. केसीले अनशन जारी राख्ने, ५ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, ११ माघ । चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएसंगै डा. गोविन्द केसीले आफ्नो अनशनलाई निरन्तरता दिने बताएका छन् । विधियेक पास हुनु नेपाली जनतामाथिको धोका हुनु हो भन्दै डा. केसीले अनशनलाई निरन्तरता दिने बताएका हुन् ।

यतिवेला भावी रणनीति तय गर्न डा. केसी पक्षका अगुवाहरु अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
डा केसीपक्षका मानिने एक जना अगुवा अधिवक्ता डा सुरेन्द्र भण्डारीले संसदीय मर्यादा विपरित गएर चिकित्सा विधेयक पास भएको बताए । उनले डा केसीको अनशन जारी राख्ने बताए ।

यसैबीच पछिल्लो परिस्थिति र आफ्नो धारणा सार्वजनिक गर्न डा केसी पक्षले आजै अपरान्ह ५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

यता नेकपा नेता योगेश भट्टराईले डा केसीकै माग अनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको भन्दै अनशन छाडी खुसी मनाउन आग्रह गरेका छन् । ‘अव अनशन बस्नुको केही औचित्य छैन । बरु आउनुस खुशी मनाउनुस,’ भट्टराईले भने ।

उनले डा. केसीलाई अघि सारेर राजनीति गर्ने दाउमा रहेका व्यक्तिहरुको योजनामा पनि तुषारापात भएको प्रतिक्रिया दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *