राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पास
काठमाडौँ, ११ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले पारित गरियोस भनि पेश गरेको प्रस्ताव बहुमतको आधारमा पारित भएको हो ।
सभामुख कृष्णबहादुर महराले बैठक सुरु भएको जनाउ दिए लगत्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तर्फका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
त्यस लगत्तै सभामुख महराले सांसद पुष्पा भुसाललाई बोल्न दिएका थिए । उनले आफ्नो दलको विरोधको बारेमा १७ मिनेट बोलेकी थिइन । भुसालले बोल्न सके लगत्तै कांग्रेसका सांसदहरु सभामुख अघिको रोष्टममा पुगेर नाराबाजी गरेका थिए ।
विपक्षीको १४ मिनेट सम्म विरोध सुनेर बसेका समामुखले त्यस लगत्तै विधेयक पेश गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई निर्देशन दिएका थिए ।
मर्यादापालकको स्कर्टिङमा रोष्टम पुगेका मन्त्री पोखरेलले प्रस्ताव पेश गरे । त्यस लगत्तै बहुमतको आधारमा सो प्रस्ताव पास भएको हो ।
सम्पर्क इमेल : [email protected]