महिला स्वास्थ्य स्वयंसेविकालाई मोवाइल र रिचार्ज कार्ड

काठमाडौँ, ७ माघ । तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ ।  सूचनाहरु छिटोछरितो पु¥याउन सकियोस् भन्ने उद्देश्यले नगरपालिकाका ११ वटै वडाका १४२ स्वास्थ्य स्वयंसेविकालाई रिचार्ज कार्डका लागि रु दुई हजार ५०० का दरले रकम वितरण गरिएको नगर स्वास्थ्य प्रमुख अरुणकुमार गिरीले बताइन ।

साथै प्रत्येक वडाका एक महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट मोबाइल फोन र रिचार्ज कार्ड दिइने व्यवस्था रहेको प्रमुख उनले जानकारी दिए । वडाका एक स्वयंसेवीको संयोजनमा अन्य महिला स्वास्थ्य स्वयंसेविकालाई आगामी कार्यक्रमका बारेका सोही फोनबाट जनाकारी दिनुपर्नेछ ।

नागरिकको स्वाथ्यका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरुलाई थप सुविधा र समयको बचत होस् भनेर उक्ते कार्यक्रम ल्याइएको हो ।

कार्यक्रमबाट आगामी दिनमा सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण र बालबालिकालाई भिटामिन खुवाउने जस्ता स्वास्थ्यका आधारभूत विषयमा सहयोग पुग्ने प्रमुख गिरीले बताए । नगरपालिकाले आव २०७५/७६ मा सञ्चार सुविधाका लागि रु तीन लाख ५५ हजार बजेट विनियोजन गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *