योग दिवसको उत्कृष्ट नारा लेखेका तीन विद्यार्थी पुरस्कृत

232
Shares

काठमाडौँ, १ माघ । नेपाल आयुर्वेद विद्यार्थी समाजले राष्ट्रिय योग दिवस २०७५ को अवसरमा आयोजित राष्ट्रिय नारा प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ ।

चौथो राष्ट्रिय योग दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा आयोजित कार्यक्रममार्फत प्रथम, दोश्रो एंव तेस्रो स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई प्रमाणपत्र, नगद पुरस्कार एंव मायाको चिनो प्रदान गरिएको हो ।

नारा प्रतियोगितामा प्रथम हुन सफल एलिजा दाहाल, दोस्रो हुन सफल जेनिशा सापकोटा तथा तेस्रो हुन सफल ज्योति ढकाललाई माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।

प्रतियोगिताको पुरस्कार स्वरूप प्रथम पुरस्कार नगद रु २५००, द्वितीय पुरस्कार रु १५०० र तृतीय पुरस्कार रु १००० प्रदान गरिएको छ ।

देशभरका आयुर्वेद कलेजहरु तथा भारतका थुप्रै स्थानबाट प्राप्त भएका कुल ७२ वटा नाराहरू मध्ये निर्णायक मण्डलको नतिजाको आधारमा उत्कृष्ट नारालाई पुरस्कार वितरण गरिएको समाजका कोषाध्यक्ष नरेश इटनीले जानकारी दिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा  विभागका महानिर्देशक डा .  उपाध्याय नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान केन्द्रिय आयुर्वेद विद्यापीठका पूर्व क्याम्पसप्रमुख डा. श्याममणि अधिकारी,  डा. काशीराज शर्मा सुवेदी तथा पतंजली आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्रका प्राचार्य प्राडा रामचन्द्र अधिकारी थिए ।

विसं २०५३ मा स्थापित नेपाल आयुर्वेद विद्यार्थी समाजद्वारा विद्यार्थीहरूको लागी विभिन्न सेमिनार, प्रतियोगिता र कार्यशालाहरू आयोजना हुँदै आईरहेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “योग दिवसको उत्कृष्ट नारा लेखेका तीन विद्यार्थी पुरस्कृत

Leave a Reply

Your email address will not be published. Required fields are marked *