डा. गोविन्द केसीको १६ औँ अनसन आज इलाममा शुरु हुँदै

72
Shares

काठमाडौँ, २५ पुस । डा. गोविन्द केसीले आजबाट आफ्नो १६ औँ अनसन थाल्ने भएका छन् । आफूसंग भएको सम्झौँता विपरीत हुने गरी संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेको भन्दै अनसन थाल्ने भएका हुन् ।

यस पटक उनी अनसन बस्न पूर्वी पहाडी जिल्ला इलाम पुगेका छन् । आज अपरान्ह साढे ४ बजेबाट उनले अनसन शुरु गर्ने भएका हुन् । उनको अनसनस्थल इलामस्थित शहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालयमा हुने बताइएको छ ।

विगतमा भएको सम्झौँता विपरीत चिकित्सा शिक्षा विधेयक पास गरी सरकार र संसदले धोका दिएकाले आफू पुन अनसन बस्नुपरेको डा. केसीको तर्क छ ।

यसअघि समितिका सभापति जयपुरी घर्तीको अनुरोध भन्दै डा. केसीले आफ्नो अनसन स्थगित गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *