सानो संसार स्कुलमा केडीसीको मुख स्वास्थ्य शिविर

काठमाडौँ, २५ पुस ।  चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलमा रहेको सानो संसार प्रि स्कुलमा निशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर राखिएको छ । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल र सतुङ्गलमा रहेको कान्तिपुर डेन्टल क्लिनिकको आयोजनामा मंगलबार उक्त शिविर राखिएको हो ।

शिविरमा बालबालिका तथा शिक्षक अभिभावक गरी करीब २०० जनाको मुख तथा दन्त परीक्षण गरिएको थियो ।

बीडीएस चौथो बर्षकी विद्यार्थी रुना श्रेष्ठको संयोजनमा भएको उक्त शिविरमा डा रोशिना भट्टराई, विशेषज्ञ डा अन्जु खापुङ, डेन्टल सर्जन डा नेहा अग्रवाल सहित अरु ५ जना इन्टर्न डाक्टर तथा ३ जना डेन्टल हाइजिनिस्ट खटिएका थिए ।

कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठका अनुसार शिविरमा स्वास्थ्य जाँचसंगै स्वास्थ्य शिक्षा प्रवर्धन तथा मुख स्वास्थ्य सम्वन्धी प्रशिक्षण समेत दिइएको थियो ।

स्वास्थ्य जाँचका क्रममा केही बालबालिकामा दाँत किराले खाने समस्या, गिँजा सम्वन्धी समस्या देखिएको थियो । टोलीले केही बालबालिकाको दाँत झिकिदिएको समेत थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगर्त कान्तिपुर डेन्टल कलेजले हरेक हप्ता जस्तो विभिन्न स्थानमा गएर निशुल्क मुख स्वास्थ्य शिविर गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *