स्वास्थ्य चौकी प्रमुख को ? समान तह भए हेल्थ असिस्टेन्ट, अन्यथा बरिष्ठताको आधारमा

काठमाडौँ, २४ पुस । स्वास्थ्य चौकी प्रमुख हेल्थ असिस्टेन्ट हुने कि सिअहेव हुने भन्ने विषयको विवाद पुन एक पटक सतहमा आएको छ । संघीय संरचना अनुसार बनाएको नयाँ संगठन संरचनामा स्वास्थ्य चौकीको इन्चार्ज सिअहेव समेत हुन पाउने व्यवस्था गरेपछि विवाद सतहमा आएको हो ।

मन्त्रालयले स्वास्थ्य मन्त्रालयले तयार पारेको नयाँ संरचनामा सिअहेवलाई तहगत वरिष्ठताको आधारमा स्वास्थ्य चौकीको इन्चार्ज बन्न पाउने व्यवस्था गरिएको छ।

स्वास्थ्य सचिव केदारबहादुर अधिकारीले नयाँ संरचनामा स्वास्थ्य चौकी इन्जार्च बन्ने अवसर हेल्थ असिस्टेन्टसंगै सीअहेवलाई हुने प्रस्ताव गरिएको बताए । ‘कुरो सिम्पल छ । स्वास्थ्य चौकीमा सीअहेव र हेल्थ असिस्टेन्ट छन् र दुबै जना समान तहका छन् भने त्यसको इन्चार्ज हेल्थ असिस्टेन्ट हुन्छ । तर पाँचौँ तहको हेल्थ असिस्टेन्ट र छैटौँ तहको सीअहेव छ भने त्यसको इन्चार्ज सीअहेव हुन्छ । यो अहिले तहगत समायोजन गर्ने र संघीय ऐन बन्दै गर्दा फेजआउट गर्दै लैजाने भन्ने योजना पनि हो,’ सचिव अधिकारीले भने ।

हेल्थ असिस्टेन्टहरुले योग्यताको आधारमा आफूहरु नै प्रमुख हुनुपर्ने माग गर्दै आएका छन् । उनीहरुले पहिले पनि हेल्थ असिस्टेन्टको नेतृत्वमा स्वास्थ्य चौकी चलेको भन्दै अब पनि आफूहरु नै हुनुपर्ने माग दोहोरयाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “स्वास्थ्य चौकी प्रमुख को ? समान तह भए हेल्थ असिस्टेन्ट, अन्यथा बरिष्ठताको आधारमा

  1. अहिलेसम्मकै असफल र अस्वस्थ मन्त्रालय भनेर चिन्ने स्वास्थ मन्त्रालय ।अब यो देशमा आन्दोलनले सर्टिफिकेट पनि पाउने भयो बिहारभन्दा पनि तल्लो स्तरको देश नेपाल हो जुन देशमा स्वास्थ जस्तो संवेदनशिल क्षेत्रमा शैक्षिक योग्यताको कदर नै नगरी स्वास्थ चौकीको दरबन्दी तेरीज बनाईन्छ र स्वास्थ मन्त्रालय नेतृत्व गर्ने भरौटेहरु करोडौं पैसा खाएर शैक्षिक योग्यताको कदर नगरी हानलाई संलग्न नै नगराई एकपक्षीय रुपमा तहगत दरबन्दी बनाई जनतालाई गुणस्तरीय सेवा पाउनबाट बन्चित गर्न खोज्ने तथा सम्पूर्ण स्वास्थ क्षेत्र नै धरासायी पार्न खोज्नेलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । अब सबै ३ बर्षे एकेडेमीक कोर्स हेअ/ स्टाफ नर्स/ ल्याब टेक्निसियन को कलेज बन्द गरेर अहेवको तालिम मात्र गरेर ट्रेड युनियनको शक्तिले आन्दोलन गरि नै सर्टिफिकेट पाउने देश नेपाल भएकोले नेपालको नाम गिनिज (Guinness) बुकमा लेखाउन मात्र बाकी छ। यो दरबन्दी हुबहु पारित भयो भन्ने हेअको १०/१५ बर्ष लोकसेवा खुल्दैन।समायोजनमा निजामतीलाई एक तह बढुवा तर स्वास्थको कर्मचारी सिअहेवलाई एकैचोटि दुई तह बढुवा दिने भनेपछि सवा ८ कक्षा पढेको पनि स्वास्थमा अधिकृत बन्ने । अब ३ बर्षे एकेडेमीक कोर्स पढेको हेअले ३/१५ महिने तालीम लिएकोलाई अहेवलाई रेफर गर्नुपर्ने प्रणाली आएकोले MD ले पनि Mbbs लाई रेफर गर्ने प्रावधान बनाउ सरकार । हेअको प्रमुख सिअहेव बन्ने र हेअ खोप बोक्नुपर्ने परिस्थिति आएकोले राजिनामा बाहेक विकल्प छैन तसर्थ हेअ साथीहरू आफनो पेशागत हकअधिकार सुनिश्चित गर्न एक हौं । स्मरण रहोस यो देशमा हेअ मात्र NHPC मा दर्ता भएको लगभग १२००० ( ५००० सेवामा र ७००० सेवा बाहिर) र ५००० हेअ अध्यनरत रहेको तथ्यांक छ तसर्थ यो आन्दोलनमा देश भरिकै हेअ साथीहरू उपस्थित भइ भरौटेहरुलाई तह लगाई अन्तिम आरपारको लडाई सफल पार्न एक जुट भएर लाग्न सम्पुर्ण हेअ साथीहरूलाई आह्वान गरिन्छ। । जय हान।

Leave a Reply

Your email address will not be published. Required fields are marked *