जनस्वास्थ्य संघ प्रदेश नं ३ को मतपरिणाम सार्वजनिक, अध्यक्षमा सतिश विष्ट विजयी

सतिश विष्ट

काठमाडौँ, २१ पुस । नेपाल जनस्वास्थ्य संघ प्रदेश कार्यसमिति प्रदेश नं ३ को अध्यक्षमा प्रगतिशील समूहबाट उम्मेद्धवार बनेका सतिश विष्ट विजयी भएका छन् ।

केही बेर अघि सम्पन्न मतगणनामा अध्यक्षका अर्का उम्मेद्धवार डा किशोर अधिकारीलाई ७ मतले हराउदै सतिश विष्ट बिजयी भएका हुन् । उनले कुल ११४ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा कुञ्जना पाण्डे विजयी भएकी छन् । उनले विपक्षी उम्मेद्धार अम्बिका बानियालाई १५ मतले पछि पार्दै विजयी भएकी हुन् । विजयी भएकी पाण्डेको मत पनि ११४ छ ।

सचिवमा आशिष तिमल्सिना १२३ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्धन्दी निर्मल घिमिरेले ९० मत मात्रै प्राप्त गरे । यस्तै सहसचिवमा सुजन श्रेष्ठले ११० मतका साथ विजयी भएका छन् । निकटतम प्रतिद्धन्दी बासुदेव सापकोटाले ७४ मत मात्रै प्राप्त गरेका थिए ।
यस्तै कोषाध्यक्षमा सुदीप आले मगर १३१ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्धन्दी बनेका तिर्थ लक्ष्मी महर्जनले ७४ मत मात्रै प्राप्त गरेकी थिइन ।

सदस्यहरुमा खुल्ला तर्फ असिम सुवेदी (१२३), विवेक वल्ल (१२३), भुवन थापा (११९) सुपेन्द्र कार्की (११८) मत सहित विजयी भएका छन् । यस्तै समावेशी तर्फ मेरिना महर्जन १२७ मत र रस्मिता न्यायायु १११ मतका साथ विजयी भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *