पदस्थापन तथा समायोजन प्रक्रियामा असन्तुष्ट स्वास्थ्यकर्मीले मन्त्रालयमा धर्ना दिँदै

काठमाडौँ, २० पुस । पदस्थापन तथा समायोजन प्रक्रियामा असन्तुष्ट रहेका प्रदेश नम्बर ३ का स्वास्थ्यकर्मीहरुले आन्दोलन चर्काउने निर्णय गरेका छन् । बिहीबार आयुर्वेद अस्पताल हरिहर भवनमा बसेको स्वास्थ्यकर्मीहरुको भेलाले आजैबाट आन्दोलन चर्काउने निर्णय गरेको हो । उनीहरुले १५ सदस्यीय पदस्थापन तथा समायोजन संघर्ष समिति गठन गरेका छन् ।

सो समितिले आजबाट मन्त्रालयमा धर्ना दिने र तीन नम्बर प्रदेशका सबै जिल्लामा संघर्ष समिति गठन गर्ने निर्णय गरेको हो ।
बिहीबारको बैठकले १६ बुदे निस्कर्ष निकालेको छ ।

१. हेअको लिखित परीक्षा पास गर्दा लोकसेवाले हाल तपाईं पाँचौ तह भन्दा माथिल्लो पद छैटौं तहमा कार्यरत भनी वुझिन आएको भनी मौखिक परिक्षामा सामेल नगराएको।

२.हेअ पाँचौ को आन्तरिक प्रतियोगिता र फाईल वढुवामा फारम भर्दा छैटौं तह भनी मूल्यांकन परिक्षावाट वञ्चित गरिएको ।

३. प्रशासन समुहको शाखा अधिकृत को लिखित परीक्षा पास गरि अन्तर्वार्तामा सामेल हुदा हाल तपाईं स्वास्थ्य सेवाको छैटौं तह शाखा अधिकृत समान तहमा कार्यरत रहेको वुझिन आएको हुदा अन्तरवार्तामा सामेल गराउन नसकिने भनिएको ।

४. हाल सम्म पनि सिअहेव छैटौं तहलाई पदाधिकार सहित पदस्थापना नगरिएको समायोजन नगरिएको, स्तरवृद्दि भनेको तह वृद्दि मात्रै हो वढुवा होइन भनी ठेलिएको।

५.स्वास्थ्य चौकीको दरवन्दि संरचना वनाउदा हेअपाँचौं तह मातहत सिअहेव छैटौं तह राखिएको ।

६. विभिन्न अदालतहरुमा पटक पटक रिट दायर गर्दा समेत सोही दरवन्दि संरचनालाई आधार वनाई पिडितहरुलाई न्याय नदिईएको।

७.कार्यन्वयन गर्नलाई परमादेश जारि गरिएका फैसलामा हरु समेत मन्त्रालयले कार्यन्वयन नगरेको ।

८. समायोजन गर्दा पाँचौं तह भन्दा माथिल्लो तह भनी छैटौं लाई वञ्चित गरिएको तर पदाधिकार दिदा पाँचौ तहको पनि नदिएको।

९.हेअ कोर्ष नपढेका जुनियर अहेव पाँचौ तहलाई विना योग्यतानै हेअ पाँचौ तहमा आ प्र र फाईल वढुवामा सामेल गरि पदस्थापना गरिएको तर हेअ कोर्ष पढेका ,तालिम लिएका सिनियर अहेव छैटौं तहलाई माथिल्लो तह भएको कारण देखाई पदस्थापनावाट वञ्चित गरिएको साथै माथिल्लो तहको पदाधिकार नदिई तल्लो तहको मातहत राखिएको ।

१०. हाल समायोजनको लागि समेत आवश्यक दरबन्दी तयार नपारिएको ।

११.स्वास्थ्य सेवा ऐनमा तहगत व्यवस्थालाई निजामतीले स्वीकार गरेको तर स्वास्थ्यको दरबन्दीमा त्यो नदेखिएको बरु पदीय प्रणालीमा गएको ।

१३.२०६२/०६३ मा निजामती सेवामा २४ घ व्यवस्था गरेर कर्मचारी बढुवा गरेको ती कर्मचारी फेरि बढुवा सहित समायोजन हुने प्रावधान राखिएको तर त्यहि प्रकृतिको स्वास्थ्य सेवा ऐनमा भएको ९ ख कार्यान्वयन नगरिएको। स्वास्थ्य सेवाका कर्मचारीलाई पदस्थापन हुन नदिएको ।

१४. विशेष पदस्थापन गरेका कर्मचारी समायोजन हुने कुनै ठाउँ नराखेको ।जसले गर्दा स्वास्थ्य सेवाको पाचौं तहबाट सेवा प्रवेश गरी सातौं तहमा पुगेका पुनः पाँचौमा समायोजन हुने चौथो तहबाट सेवा प्रवेश गरी छैठौं तहमा पुगेका पुनः चौथोमा झर्नुपर्ने स्थिति रहेको । यसरि वृद्धि विकास होइन घटुवा गर्ने दरबन्दी देखाईएको ।

१५.स्तर वृद्धि बढुवा माथिल्लो तहमा लागू भएको तर तल्लो तहमा कार्यन्वयन नगरिएको रु उदाहरणका लागि ९औं तहको कर्मचारी १०औं हुँदा सिनियर हुने अनि छैटौं तहको चाहिँ पाँचौ भन्दा जुनियर हुने भएको ।

१६. २४ “घ” जस्तै स्वास्थ्य सेवामा ९ “ख” हो । त्यसैले बढुवा सरह हो तर मन्त्रालयमा भएका र केही निहित ब्यक्तिले घुमाइ रहेको । अदालतमा जवाफ पठाउँदा बढुवा हैन भन्ने अनि लोक सेवामा जवाफ पठाउँदा बढुवा हो भन्ने गरिएको ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “पदस्थापन तथा समायोजन प्रक्रियामा असन्तुष्ट स्वास्थ्यकर्मीले मन्त्रालयमा धर्ना दिँदै

  1. स्वास्थ्य कर्मिको ठूलो योग दान छ यो देशमा बाल,मातृ ,शिशु,मृत्यु न्यून गर्न,तेसमा पनि fchv को झन ठुलो भुमिका छ समुदायमा ,माओवादी आन्दोलनमा गाउमा सरकारको अस्तित्व स्वास्थ्यमा मात्रै थियो तर आज यो हेला भयो !!! किन स्वास्थ्य कर्मिहरु अल्छी र समय ढाट भयर इज्जत फाले !! आ आफ्नै पद जोगाउन र अवतरण हुन उद्द्त रहे !! तसर्थ जनताको निम्ति काम गर्न खटियका हरु तेहि सोच्मा हिद्नु राम्रो !!! आत्म समिक्षा गरौ त हाम्रो योग्दान कति छ जनताको निम्ति यो समायोजन ठिक छ कि ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *