डा. गोविन्द केसीको १६ औँ अनसन भोलिबाट, अनसनस्थल इलाम

180
Shares

काठमाडौँ, १७ पुस । डा गोविन्द केसीले आफ्नो १६ औँ अनसन भोलिबाट शुरु गर्ने भएका छन् । तोकिएको समयमा आफ्ना माग सम्वोधन नभएको भन्दै डा केसीले १६ औँ अनसन भोलिबाट थाल्ने भएका हुन् । उनले यसपटक आफ्नो अनसनस्थल इलाम बनाएका छन् । उनको १५ औँ अनसनस्थल जुम्ला थियो ।

विगतमा आफूसंग भएका सम्झौँताहरुको कार्यान्वयन नै उनको मुख्य माग छ । त्यसबाहेक निर्मला हत्याकाण्डको छानवीन र दोशी पत्ता लगाइ कारवाही गर्न अर्को माग थप गरेका छन् । यसअघि दुई पटक आफ्नो अनसनका बस्ने तालिका लम्व्याएका डा केसीले भोलिबाट अनसन शुरु गर्ने बताएका छन् ।

‘भोलिबाट अनसन सुरु हुन्छ । सर इलाम पुगिसक्नु भएको छ,’ डा केसीका निकट मानिने डा अभिषेक ाज सिंहले भने ।

डा केसीले उठाएका मुख्य माग सम्वोधन गर्ने राष्ट्रिय चिकित्सा विधियेक अहिले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलको क्रममा छ । केही विषयमा विवाद उत्पन्न भएपछि हल गर्न सोही समितिले उपसमिति बनाएको थियो ।

त्यसले आज आफ्नो तर्फबाट अन्तिम निर्णय गरेको बताइएको छ । भोलि बस्ने समितिको बैठकमा उपसमितिले सुझाव पेश गर्ने भनिएको छ ।

उपसमितिका सदस्यहरुले डा केसीसंगको सहमति अनुसार नै सुझाव दिइएको बताएका छन् ।

तर डा केसीले तोकिएको समयमा आफ्ना कुनै पनि माग पुरा नभएको भन्दै अनसन शुरु गर्ने बताएका छन् ।
डा केसीले यसपटक उठाएका माग यस्ता छन्

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *