रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सरकारको निर्णय

552
Shares


काठमाडौँ, १७ पुस । सरकारले सप्तरीको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सगरमाथा अञ्चल अस्पताललाई समेत समेटेर रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो ।

यसअघि स्वास्थ्य मन्त्रालयको तर्फबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनासम्वन्धी निर्णय गर्न प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रतिष्ठान स्थापना भएसंगै प्रदेश नम्बर १ र २ का जनताले सुलभ र सहज स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास गरिएको छ ।

‘प्रदेश नम्बर -२ बाट धेरै स्वास्थ्य मन्त्री भए तर यति ठूलो दीर्घकालिन सोचसहितको प्रस्ताव कसैले राखेका थिएनन् । हामी यसमा सफल भयौँ,’ उपप्रधानमन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले भने ।

उनले नयाँ प्रतिष्ठान अहिले भएको सगरमाथा अञ्चल अस्पताल भएकै स्थानमा बनाइने निर्णय भएको बताए ।

विकास र निर्माणको दृष्टिकोणले अत्यन्त पछाडि परेको यो जिल्लामा स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना भएपछि नेपालका १ र २ न प्रदेशका स्थानीयले सेवा सुविधा पाउनुका साथै छिमेकी मुलुक भारतका जनताले पनि सेवा प्राप्त गर्न गर्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *