हुम्ला : सुत्केरीलाई न्यानो झोला उपहार

44
Shares


हुम्ला, १७ पुस । सुत्केरी अवस्थामा आमा र नवजात शिशुको सुरक्षाका लागि न्यानो झोला उपहार दिन थालिएको छ ।

सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउन आउनेलाई आमा र नवजात शिशुको स्याहारसुसारमा सहयोग पु¥याउने उद्देश्यले सरकारले नै न्यानो झोला उपहार दिने कार्यक्रम ल्याएको हो । उपहारस्वरुप दिइने न्यानो झोलामा आमालाई एक जोर लुगा, बच्चालाई टोपी, र नेम्फिन दुई दुई जोरको व्यवस्था गरिएको हुन्छ ।

स्वास्थ्य संस्थामा प्रसूति हुँदा प्रोत्साहन रकमसँगै न्यानो झोला उपहार पाइने भएपछि हुम्ला जिल्ला अस्पतालमा गत वर्षभन्दा यो वर्ष सुत्केरीको सङ्ख्या बढेको छ । स्वास्थ्य संस्थामा प्रसूति हुने महिलालाई न्यानो झोला उपहार दिने गरिएको उक्त अस्पतालका निमित्त प्रमुख डा टर्सी लामाले जानकारी दिए । गुणस्तरीय स्वास्थ्य सेवा र प्रोत्साहन रमकसँगै न्यानो झोला दिने गरिएकाले यो वर्ष सुत्केरीको सङ्ख्या बढेको उनले बताए । गत वर्ष २०६ जनाले जिल्ला अस्पतालबाटै बच्चा जन्माएका थिए ।

हाल छ महीनाको अवधिमा १२० सुत्केरीले उक्त अस्पतालबाट सेवा लिएको डा लामाले जानकारी दिए । गर्भवती भएको समयमा चार पटकसम्म जाँच गराउने ५० महिला छन् । अस्पतालमा सुत्केरी गराउन आउने महिलालाई रु तीन हजार दिने व्यवस्था भएकामा चार पटक जाँच गराउन आउने महिलालाई रू ८०० थप दिने गरिएको उक्त अस्पतालले जनाएको छ। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *