छात्रबृत्तिमा न्याम्सबाट अध्ययन् पुरा गरेका ५२ जना विशेषज्ञ चिकित्सकको पदस्थापन

3.6k
Shares

काठमाडौँ, १७ पुस ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रबृत्तिमा अध्ययन् पुरा गरेका ५२ जना विशेषज्ञ चिकित्सकको पदस्थापन गरेको छ । गत शुक्रबारको सचिवस्तरीय निर्णयबाट उनीहरुको पदस्थापन गरेको हो ।

उनीहरु चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट छात्रबृत्तिमा अध्ययन पुरा गरेका पहिलो व्याच हुन् । उनीहरुले छात्रबृत्ति छनौट तथा छात्रबृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ अनुसार सरकारले खटाएको स्थानमा पाँच बर्षसम्म काम गर्नुपर्नेछ ।

‘विशेषज्ञ चिकित्सकहरुलाई उपत्यका र मुख्य शहरी क्षेत्र बाहिर खटाउने निर्णय भएको छ,’ सचिव केदारबहादुर अधिकारीले भने, ‘यसपटक काठमाडौँ तथा र पोखरा जस्ता शहर भन्दा बाहिर यी चिकित्सकहरुलाई पठाइएको छ ।’

यसैबीच कतिपय चिकित्सकहरुले अपायक भएको भन्दै खटाइएको ठाँउमा जान नसक्ने बताएका छन् । उनीहरुले आइतबार स्वास्थ्य सचिव अधिकारीलाई भेटेर गुनासो समेत गरेका थिए । तर, अधिकारीले एक खटाएको ठाँउमा जानुको विकल्प नभएको भन्दै जवाफ दिएका थिए ।

मन्त्रालयले यिनै विशेषज्ञ चिकित्सकहरुलाई आज र भोलि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा लगेर अभिमुखिकरण तालिम दिन लागेको समेत जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *