एनडीएद्धारा चितवनको माडीमा मुख तथा दन्त स्वास्थ्य शिविर


चितवन, १६ पुस । राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)ले गत शनिबार चितवनको माडी नगरपालिका ८ स्थित खरकट्टामा नि:शुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

संघका केन्द्रीय कोषाध्यक्ष वरिष्ठ ओरल एण्ड मेक्जीलोफेशियल सर्जन डा प्रेणित पोखरेलको नेतृत्वमा गएको दन्त चिकित्सकहरूको टोलीले शिविरमा १ सय बढीको मुख तथा दन्त परीक्षण तथा उपचार गरेको थियो । परीक्षणका क्रममा धेरैजसो दाँतमा किरा लागेका, गिँजा सम्वन्धी समस्या केश भेटिएको थियो ।

शिविर पछि बोल्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघका बरिष्ठ उपाध्यक्ष डा कृष्णगोपाल महर्जनले मुख तथा स्वास्थ्य सम्वन्धी सचेतना अभिवृद्धिका लागि समुदायमा आधारित यस्ता शिविर फलदायी हुने बताए ।

काठमाडौँ महाराजगञ्जस्थित जेनूईन स्माइल डेण्टल क्लिनिककी डा प्रजिता कार्कीले मूख स्वास्थ्यको अवस्था सूधार्न अझै धेरै कुरा बाँकी रहेको बताइन । चितवनस्थित पदम डेण्टलका रविन थपलिया मुख तथा दन्त स्वास्थ्यबारे सचेत जगाउन समुदायमा आाधारित यस्ता कार्यक्रम भविस्यमा पनि गरिने जानकारी दिए ।

एक दिने उक्त शिविरका लागि रियल मेडिसिन फाउन्डेशन अमेरिकाले सहयोग गरेको थियो । त्यस्तै नेपाल डेण्टल एशोशिएशन, पदम डेण्टल क्लिनिक भरतपूर र आरके डेण्टल क्लिनिक विरेन्द्रनगर माडीले पनि सहयोग पुरयाएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *