केन्द्रीय जनस्वास्थ्य विभागलाई पूर्णता नदिएको भन्दै त्रिवि उपकुलपति समक्ष ध्यानाकर्षण

काठमाडौँ, १६ पुस । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम)अन्तर्गत रहने गरि त्रि.वि. कार्यकारी परिषदबाट गठन भएको केन्द्रीय जनस्वास्थ्य विभागको गठन प्रकृयाको पूर्णतामा ढिलाई भएको भन्दै नेपाल जनस्वास्थ्य संघले उपकुलपति प्राडा तीर्थ खनियाँको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष श्रीकृष्ण भट्टको अगुवाईमा गएको प्रतिनिधि मण्डलले उपकुलपति खनियाको ध्यानाकर्षण गराएको हो । सो अवसरमा बोल्दै संघका अध्यक्ष भट्टले संघ उद्धेश्य जनस्वास्थ्य क्षेत्रको सर्वोपरी विकास र सेवाको विशिष्टिकरण हो भन्दै यसमा कुनै सम्झौता हुन नसक्ने बताए । उनले केन्द्रिय जनस्वास्थ्य विभागको गठन प्रकृयामा त्रि.वि. पदाधिकारी र डीन कार्यालयले वेवास्ता गरे कडा भन्दा कडा देशव्यापी कार्यक्रम गर्ने चेतावनी दिए ।

यसैबीच संघको टोलीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन प्राडा जगदीश प्रसाद अग्रवाललाई समेत भेट गरी यस विषयमा गम्भीर भएर लाग्न ध्यानाकर्षण गराएको छ ।अध्यक्ष भट्ट, महासचिव महेश्वर श्रेष्ठ लगाएतको टोलीले डीन अग्रवाललाई भेटेको हो । 

यता त्रि.वि. कार्यकारी परिषदबाट जनस्वास्थ्य केन्द्रिय विभाग गठन गर्ने निर्णय भएको ४ महिना वितिसक्दा समेत गठन प्रक्रिया अघि नबढेको भन्दै महाराजगञ्ज मेडिकल क्याम्पस स्ववियूले डीन कार्यालयमा तालाबन्दी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *