बैतडी : आँखाका बिरामीको सङ्ख्या बढ्दो

60
Shares

बैतडी, १५ पुस । पछिल्लो समय बैतडीमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सदरमुकामस्थित गोठलापानी र पाटनमा रहेको आँखा उपचार केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो समय जिल्लामा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको हो ।

आर्थिक वर्र्ष २०७३/७४ मा एक हजार ७१७ आँखाका बिरामीले आँखा उपचार केन्द्र पाटनमा उपचार गराएका छन् भने गोठलापानी आँखा उपचार केन्द्रमा दुई हजार २८ जनाले आँखाका विभिन्न रोगको उपचार गराएका छन् । पाटनमा उपचार गराउनेमा ९५२ महिला छन् भने ७६५ पुरुष रहेका आँखा उपचार केन्द्र पाटनकी नेत्र सहायक लता कार्कीले बताइन् ।

यता गोठलापानीमा उपचार गराउनेमा एक हजार २३४ पुरुष छन् भने ७९४ महिला रहेका गोठलापानीका नेत्र सहायक विनोद कुवँरले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ मा पाटनबाट दुई हजार ४२८ जना आँखाका बिरामीले सेवा लिएका छन् भने गोठलापानी आँखा उपचार केन्द्रबाट दुई हजार ९३४ जनाले आँखाको उपचार गराएका छन् ।

यसमा पाटनमा उपचार गराउने एक हजार ३०४ महिला रहेका छन् भने एक हजार १२४ पुरुष रहेका छन् । भने गोठलापानीमा उपचार गराउनेमा एक हहजार ६८७ पुरुष छन् भने एक हजार २४४ महिला रहेका छन् ।

चालु आर्थिक वर्षको हालसम्म पाटन आँखा उपचार केन्द्रमा ८८१ जनाले उपचार गराएका छन् । गोठलापानी आँखा उपचार केन्द्रमा चालु आर्थिक वर्ष २०७५/७६ को हालसम्म एक हजार २२ जना आखाँका बिरामीले सेवा लिएका छन् ।

पछिल्लो समय दिनप्रतिदिन बढिरहेको प्रदूषण, धूलो धुवाँको कारणले आँखाका बिरामीको सङ्ख्या बढिरहेको स्वास्थ्यकर्मी बताएका छन् । गा्रमीण भेगका महिला धुवाँमा धेरै समय बिताउनुपर्ने भएकाले पनि महिलामा आँखाको समस्या धेरै हुने गरेको आँखा उपचार केन्द्र पाटनकी नेत्र सहायक लता कार्कीको भनाइ छ ।

आँखाको समस्याबाट बच्न गर्न धुवाँ, धुलोबाट बच्ने, आँखाको सरसफाइ गरिरहनुपर्ने, मोबाइल, टिभी, कम्प्युटर कम प्रयोग गर्न सुझाव रहेको छ ।   रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *