पूर्वखोला गाँउपालिकाद्धारा साठीकोलमा सामुदायिक स्वास्थ्य इकाई स्थापना
पाल्पा, १४ पुस । स्वास्थ्य चौकीबाट तीन घण्टा पैदल दुरीमा पर्ने साठीकोलमा पूर्वखोला गाँउपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ ।
जल्पा सामुदायिक स्वास्थ्य इकाई नाम दिइएको उक्त इकाईमा एक जना सीएमए र एक जना अनमी गरी दुई जना स्वास्थ्यकर्मी रहनेछन् । उनीहरुले सोही इकाइबाट खोप सेवा, गर्भवती जाँच तथा परिवार नियोजनका अस्थायी सुविधाहरु उपलव्ध गराउने छन् ।
शनिबार स्वास्थ्य इकाई उद्घाटन गर्न पुगेका गाँउपालिका अध्यक्ष नुनबहादुर थापाले सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिडनुपर्ने बाध्यता टरेको बताए । उनले गाँउमा आएका स्वास्थ्यकर्मीले सामान्य स्वास्थ्य सेवा सहित स्वास्थ्य शिक्षा प्रशिक्षण दिने समेत बताए ।
गाँउपालिका स्वास्थ्य शाखा उपप्रमुख मोहन ढकालले धूमपान तथा सूर्ति सेवनका कारण मुटु, क्यान्सर जस्ता नसर्ने रोगको प्रकोप बढने र सरसफाई अभावमा सरुवा रोग फैलने भन्दै सचेत रहन गाँउबासीलाई आग्रह गरे ।
कार्यक्रममा स्थानीय बल बहादुर ठाडा, नेकपा गाँउकमिटि अध्यक्ष देवी पंगेनी, उद्बुद्ध माविका प्रअ लोकहरि देवकोटा, कृषि विज्ञ कमानसिंह थापाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा पूर्वखोला २ का वडा अध्यक्ष नीरबहादुर सारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सम्पर्क इमेल : [email protected]