महाराजगञ्ज स्ववियूद्धारा आईओएम डीन कार्यालयमा तालाबन्दी

1.6k
Shares

काठमाडौँ, ८ पुस । सात बुँदे माग अघि सार्दै महाराजगञ्ज मेडिकल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डीन कार्यालयमा तालाबन्दी गरेको छ । विगतमा भएका सम्झौँताको कार्यान्वयन नभएको र पुरा गर्न अल्टिमेटम दिइदा समेत सुनुवाई नभएको भन्दै स्ववियूले तालाबन्दी गरेको हो ।

स्ववियूले सात बुँदे मागमा शैक्षिक र व्यवस्थापकीय विषयमा बढी जोड दिएको छ ।

स्ववियू सभापति डा. मिलन गैह्रेद्धारा जारी विज्ञप्तीमा मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्क, जानकी मेडिकल कलेजको सम्वन्धन खारेज गर्नुपर्ने, केन्द्रीय जनस्वास्थ्य विभाग गठन गर्नुपर्ने, रेजिडेन्स चिकित्सक सरह काम गरिरहेका अन्य विषयका विद्यार्थीलाइ समेत भत्ताको व्यवस्था गर्नुपर्ने , छात्राबास र क्यान्टिनको व्यवस्थापनको पाटो समेत मागमा समेटिएको छ ।

अध्यक्ष डा. गैरेले मंसिर १४ मै माग पुरा गर्न अल्टिमेटम दिदा समेत सुनुवाई नभएपछि बाध्यभएर तालाबन्दीमा उत्रिएको बताए ।

यस्ता छन् माग :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *