रोबटिक शल्यक्रिया तुलनात्मक रुपमा महंगो हुन्छ : प्राडा लियु

76
Shares

काठमाडौँ, ६ पुस ।  चीनको बेइजिङस्थित पिपुल्स लिबेरेशन आर्मी ३०१ अस्पतालका प्राडा लियु रोङले रोबोटिक शल्यक्रिया तुलनात्मक रुपमा महंगो पर्ने बताएका छन् । तीन हजार भन्दा बढीको रोबोटिक एचबिपि शल्यक्रिया गरी विश्वकै चर्चित डाक्टर रोङले रोबट मेसिन र त्यहि अनुसारको दक्ष जनशक्तिको व्यवस्थापन गर्नु पर्नेभएकोले महंगो पर्ने बताएका हुन् ।

नेपालमा डाईजेष्टिभ डिजिज र हेपाटोबिलियारी सम्बन्धी रोगको उपचारका लागि आवश्यक सहयोग आदान प्रदान गर्ने उद्देश्यले नेपाल मेडिसिटी अस्पतालद्धारा विहीबार आयोजित कार्यक्रममा बोल्दै रोङले यस्तो कुरा बताएका हुन् ।

‘एउटै रोबटको ४० लाख अमेरिकी डलरसम्म पर्ने र जनशक्ति समेत सोही अनुसारको दक्ष चाहिन्छ । त्यसैले यो सेवा केही महंगो हुन्छ,’ रोङको कथन थियो ।

उनले भविस्यमा नेपालसंगै मिलेर शैक्षिक तथा स्वास्थ्य सचेतनाका क्षेत्रमा मिलेर काम गर्न सकिने औल्याए ।  रोङले मेडिसिटीको सरसफाई र छिटोसेवा दिने सन्दर्भमा चीनका कतिपय अस्पताल भन्दा अघि रहेको प्रतिक्रिया दिएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *