स्वास्थ्य सेवा र सुविधा प्रभावकारी बनाउने : स्वास्थ्य राज्यमन्त्री यादव
भक्तपुर, ४ पुस । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले कोही पनि नेपाली स्वास्थ्य सेवा र सुविधाबाट वञ्चित हुने स्थिति सरकारले आउन नदिने बताएका छन् ।
सो मन्त्रालयले आज यहाँ आयोजना गरेको दुईदिने राष्ट्रिय वार्षिक समीक्षा कार्यक्रम समापनमा उनले मन्त्रालयले सबै सरकारी अस्पताल र स्वास्थ्य संस्थामा प्रविधि विस्तार गरी सेवा, सुविधा प्रभावकारी बनाउने बताए ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले देशभरका सरकारी अस्पताल र स्वास्थ्य संस्थाको सेवा प्रभावकारी नभएको गुनासो बढेकाले अनुगमन गरी सेवा प्रभावकारी बनाउने बताए । सो कार्यक्रमले गुणस्तरीय सेवा र अस्पतालमा भएको प्रविधिको विकास गर्दै कुनै पनि बिरामीले स्वास्थ्य सेवाबाट वञ्चित हुने स्थिति आउन नहुने निष्कर्ष निकालेको छ । रासस
सम्पर्क इमेल : [email protected]