टोखाको झोरमा निशुल्क आँखा शिविर, १०१ जनाको परीक्षण

काठमाडौँ, २९ मंसिर । टोखा नगरपालिकाको झोरमा शनिबार बृहत निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको ११ औँ बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित उक्त शिविर बीएम फाउन्डेशन र ताइवान प्रिभेन्टिभ व्लाइन्डनेश फाउन्डेशनको अयोजना तथा कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो ।

उक्त शिविरमा १०१ जनाको आँखा परीक्षण भएको थियो । परीक्षणका क्रममा १८ जनाको आँखामा मोतियाविन्दु फेला परेको थियो । सो क्रममा टोलीले १५ जनाको माइनर अप्रेशन समेत गरेको बीएम फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए ।

उनले मोतियाविन्दु फेला परेका १८ जनाको शल्यक्रियाका लागि अस्पताल लैजाने ल्याउने सुविधा फाउन्डेशनका तर्फबाट हुने समेत बताए । मोतियाविन्दुको शल्यक्रिया भने निशुल्क हुने गर्दछ ।

शिविरका लागि १५ जनाको प्राविधिक टोली खटिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *