महाराजगञ्ज मेडिकल कलेजका प्रमुखको कार्यकक्षमा विद्यार्थीद्धारा तालाबन्दी

444
Shares

काठमाडौँ, २१ मंसिर । महाराजगञ्ज मेडिकल कलेजका विद्यार्थीहरुले क्याम्पस प्रमुख प्राडा प्रतावनारायण प्रसादको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विगत आफूहरुसंग गरिएका सम्झौँताको कार्यान्वनय नभएको भन्दै उनीहरुले क्याम्पस प्रमुखको कक्षमा तालबन्दी गरेका हुन् । 

महाराजगञ्ज मेडिकल क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन संगै सत्तारुड दल निकटका विद्यार्थी संगठनहरु तालाबन्दीमा सहभागी भएका थिए ।

‘कलेजको अनावश्यक शुल्क, छात्राबास, विडिएसको डेन्टल चियरको गुणस्तर लगायतका विषयहरु उठाएका छौँ । त्यसबाहेक पव्लीक हेल्थका विद्यार्थीहरुका अरु मागहरु छन् । यी मागहरु पुरा गर्नुपर्छ,’ स्ववियू सभापति डा मिलन गैरेले भने ।

दुई दिन अघि मात्रै महाराजगञ्ज क्याम्पसको प्राध्यापक संघको चुनाव शुरु भएर स्थगित भएको थियो । चुनाव गराउने अधिकारीहरुले नै राजिनामा बुझाएपछि उम्मेद्धारी दर्ता भइसकेको चुनाव स्थगित भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *