बिपी प्रतिष्ठानमा भित्रियो फाइब्रोस्क्यान मेसिन

धरान, २१ मंसिर । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फाइब्रोस्क्यान मेसिन भित्रिएको छ । स्विट्जरल्यान्डका एकजना ग्यास्ट्रोलोजी विज्ञले आफ्नै खर्चमा फाइब्रोस्क्यान मेसिन प्रदान गरेका हुन् ।

स्विट्जरल्यान्डको जेनेभा युनिभर्सिटी हस्पिटलका ग्यास्ट्रोलोजी विज्ञ डा. लोयोरेन्स स्पार्कले आफ्नै खर्चमा फाइब्रोस्क्यान मेसिन उपलब्ध गराएको प्रतिष्ठानका ग्यास्ट्रोलोजी विभाग प्रमुख डा. विक्रम प्रधानले बताए । यो मेसिनको मूल्य दुई करोड २० लाख रुपैयाँ रहेको छ ।

यो मेसिनको मद्दतबाट पेटसम्बन्धी सम्पूर्ण जाँच गर्न सकिने डा.प्रधानले बताए । उनका अनुसार, यसको मद्दतले पेटमा भएको समस्याको मात्रा कति छ भन्ने यकिन गर्न सकिनेछ । यसअघि इन्डोस्कोपीको माध्यमबाट पेटमा भएको समस्याबारे जानकारी लिने गरिएको थियो ।

यसको मद्दतले कलेजोमा जमेको बोसोको मात्रा पनि यकिन गर्न सकिनेछ । ‘लिभरमा बोसो जमेपछि कडा हुन्छ । कडापनको मात्रा यो मेसिनले पत्ता लगाउँछ,’ डा. प्रधानले भने ।

चिकित्सकका अनुसार, कलेजोमा बोसोको मात्रै बढ्दै जाँदा सिरोसिस हुने र त्यसपछि क्यान्सर हुने गर्छ । त्यो अवस्था आउन नदिन फाइब्रोस्क्यान मेसिन उपयोगी हुने डा. प्रधानले बताए ।

  • नयाँ पत्रिकाबाट
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *