त्रिवि प्राध्यापक संघको निर्वाचन : महाराजगञ्ज मेडिकल क्याम्पस इकाईका लागि २२ जनाको उम्मेद्धारी

काठमाडौँ, १९ मंसिर । आगामी २४ मंसिरका दिन हुने त्रिवि प्राध्यापक संघ महाराजगञ्ज मेडिकल क्याम्पस इकाई कमिटिको निर्वाचनका लागि २२ जना चिकित्सक प्राध्यापकहरुले उम्मेद्धारी दिएका छन् । एघार सदस्यीय कमिटीका लागि दुई दुई वटा प्यानलबाट उम्मेद्धारी परेको छ ।

प्रजातन्त्रबादी प्राध्यापकहरुको प्यानलबाट भन्दै डा अभिमन्यू झाको नेतृत्वमा ११ सदस्यीय उम्मेद्धारी परेको छ । अर्को प्यानलको नेतृत्व डा सगुननारायण जोशीले गरेका छन् ।

मंगलबार निर्वाचन समितिमा बुझाएको उम्मेद्धारको सूचीमा झाको नेतृत्वमा डा सुरेश उप्रेती, डा रामेश्वरप्रसाद पोखरेल, डा मनिषा चापागाँई, डा महेशराज सिग्देल, डा सुभित मास्केले उम्मेद्धारी दिएका छन् । यस्तै मिथिलेश्वर राउत, डा साइतकुमार प्रधान, डा अञ्जन श्रेष्ठ, डा निरञ्जन प्रसाद शाह र डा लब श्रेष्ठ छन् ।

उता डा जोशीको नेतृत्वमा डा खेमबहादुर कार्की, डा कृष्ण केसी, डा प्रकाश कायस्थ, डा प्रदीप ज्ञवाली, डा बालमुकुन्द रेग्मी, डा प्रशान्त त्रिपाठी, डा प्रशन्नबीर कंशाकार, र रमेश सिग्देल रहेका छन् । यस्तै सञ्जीव भट्टराई, डा सतिशकुमार देव पनि सोही कमिटीबाट उम्मेद्धार बनेका छन् ।

डा झाको टोली प्रजातन्त्रबादी प्राध्यापक संघको आधिकारिक उम्मेद्धार भएको बताइएको छ । तर यता जोशी नेतृत्वको उम्मेद्धारमा प्रगतिशील, मधेशी तथा प्रजातन्त्रबादी प्राध्यापक संघको असन्तुष्ट खेमा रहेको बुझिएको छ ।

तीन बर्षे कार्यकालका लागि हुने यो निर्वाचनबाट विजयी ११ जना सदस्यबाट अध्यक्ष उपाध्यक्ष लयातका पदाधिकारी छुट्याइने छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *