प्रेमसागर कर्माचार्यद्धारा १५६ औँ पटक रक्तदान

काठमाडौँ, १८ मंसिर । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५६ औँ पटक रक्तदान गरेका छन् । पछिल्लो दशक देखि सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्तिको सूचीमा पहिलो नम्बरमा रहेका प्रेमसागरले हरेक तीन तीन महिनामा नयाँ रेकर्ड कायम गर्दै अघि बढेका छन् ।

सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारार्थ भर्ना भएका विरामीका लागि १५६ औँ पटकको रक्तदान गरेका हुन् । सो अवसरमा अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले खादा ओढाएर सम्मान गर्दै रक्तदानको निरन्तरताको लागि शुभकामना ब्यक्त गरेका थिए ।

परोपकार प्रसुती तथा स्त्रीरोग रोग अस्पताल अन्तर्गत सञ्चालित रक्तसञ्चार सेवा शाखाका प्रमुख परशुराम दाहालले आफ्नो केन्द्रमा आएर रक्तदान गरेकोमा कर्माचार्यलाई स्वागत गरेका थिए ।

सो अवसरमा सतकदाताको रुपमा रहेका कर्मचार्यलाई अस्पतालको तर्फबाट प्रसंशा पत्र समेत प्रदान गरिएको थियो ।

रहरै रहरमा १६ बर्षको उमेर देखि रक्तदान शुरु गरेका कर्माचार्यले अहिले हरेक तीन तीन महिनामा रक्तदान गर्दै आएका छन् ।

उनी आफू मात्रै रक्तदान नगरी आम सर्वसाधारणलाई रक्तदानको लागि प्रेरणा अभिवृद्धि कार्यक्रममा समेत सक्रिय रुपमा लागेका छन् ।

पछिल्लो समय उनी आफ्नो संस्था स्वंसेवी रक्तदाता समाजको जिल्ला शाखा गठन गर्ने अभियानमा समेत सक्रिय हुँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *