सरुवा रोकिएको छैन, अर्को लिष्टको तयारी गर्दैछौँ : महानिर्देशक डा. लोहनी

10.6k
Shares

काठमाडौँ, १३ मंसिर ।  स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले कर्मचारी काज सरुवाको कार्य अघि बढीरहेको बताएका छन् । विभागले गत साता कात्तिकको निर्णय भन्दै १७० जना स्टाफ नर्सको काज सरुवा गरे पनि अरु समूहको गरेको छैन । कतिपयले अब समायोजन ऐनलाई पर्खेको हो कि भनेर समेत अनुमान गर्न थालेका छन् ।

विहीबार नेपाली हेल्थसंगको कुराकानीमा डा. लोहनीले काज सरुवा प्रक्रिया नरोकिएको बताए । ‘सबै समूहलाई एकै पटक होइन कि समूह छुट्टाएर थोरौ थोरै गर्दै जान हाम्रो योजना छ । अघिल्लो पटक नर्सको गरियो । अब अर्को समूहको होला । त्यसको तयारी हामी गरिरहेका छौँ,’ डा. लोहनीले भने ।

उनले यसपटक विभागको सबै सरुवा कात्तिकमै गर्नुपर्ने बाध्यता नरहेको समेत स्पष्ट पारे ।

‘कात्तिककै मितिमा अनमीको सरुवा भएको पत्र सार्वजनिक भएको छ नि ?’  भन्ने प्रश्नमा महानिर्देशक डा. लोहनीले गत भदौको सरुवामा नमिलेका केही पदहरुमा तत्काल गर्नु पर्ने भएकोले निर्णय गरिएको बताए । ‘अघिल्लो पटकको सरुवाले केही समस्या परेका स्थानमा केही व्यक्तिको सरुवा भएको हो । खास सरुवा हुनैछ,’ उनले भने ।

विभागले यसपटक चौथो देखि छैटौँ तहसम्मका करीब ४ हजार कर्मचारीको कामकाज सरुवा गर्ने तयारीमा रहेको बुझिएको छ । यद्धपी महानिर्देशक डा. लोहनीे समिक्षा गोष्ठीका क्रममा जनकपुर रहेकाले नयाँ सरुवाको लिष्ट आउन अझै केही दिन लाग्न सक्ने आँकलन गर्न सकिन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *