नीति योजना शाखामा सरुवा गरिएका जोशी सुदूरपश्चिम पुगे

1.1k
Shares

काठमाडौँ, १० मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव भक्तराज जोशीको सरुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयले उनलाई सुदूरपश्चिम प्रदेशको मुख्य मन्त्री कार्यालयमा सरुवा गरेको छ ।

दुई साता अघि मात्रै मन्त्रालयमा जोशीको शाखा परिवर्तन भएको थियो । निमित्त स्वास्थ्य सचिव डा सुशीलनाथ प्याकुरेलले २६ कात्तिकमा सचिवस्तरीय निर्णय गर्दै जनसंख्या व्यवस्थापन तथा सूचना शाखामा कार्यरत रहेका उनलाई मन्त्रालयकै नीति योजना शाखामा सरुवा सरुवा गरेका थिए । यद्धपी उनले योजना शाखामा जान भने पाएनन् ।

योजना शाखाका उपसचिव लिलाराज पौडेलले आफ्नो सरुवाको चिठी नआएको भन्दै कुर्सी नछाडेपछि जोशीले जान नपाएका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *