आँखाको क्यान्सरबाट पीडित बालकको उपचारका लागि जापानबाट सहयोग

56
Shares

गलेश्वर, १० मंसिर । विगत छ महीनादेखि आँखाको क्यान्सरबाट पीडित म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका– ८ लम्सुङका आठ वर्षीय बालक नजिन विकको उपचारका लागि जापानबाट रु ६२ हजार १२३ सहयोग प्राप्त भएको छ ।

आर्थिक अवस्था कमजोर भएको र आँखाको शल्यक्रियामा ठूलो खर्च लाग्ने भनी पीडितका बुबा प्रेमबहादुर विकले सहयोगका लागि देश विदेशमा रहेका नेपालीमा अपिल गरेपछि सिन्धुपाल्चोककी सामाजिक अभियन्ता बबिता योञ्जनले नजिन बचाउ अभियान सञ्चालन गरेकी थिइन् ।

म्याग्दीकै आशिष परियार झिल्केले पीडित नजिनको अवस्थाबारे बाग्लुङ नगरपालिका– ५ मालिका बान्दै घर भई हाल जापानमा व्यवसाय गर्दै आएका गुरुप्रसाद सापकोटालाई भनेपछि मालिका समाज जापानका अध्यक्षसमेत रहेका उनको सक्रियतामा ‘नजिन विक बचाउ’ अभियान फेसबुक गु्रप सञ्चालन गरिएको थियो ।

सोही गु्रपमार्फत जापानमा कार्यरत नेपालीबाट सङ्कलन गरी पठाएको रकम पीडितका बुबा प्रेमबहादुर विकलाई हस्तान्तरण गरिएको आशिष परियार झिल्केले जानकारी दिए । पीडित नजिनको ललितपुस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको र पहिलो चरणको शल्यक्रिया सफल भएको बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *