पेट देखि छातीसम्म जोडिएका जुम्ल्याहा बालिकाको मृत्यु

332
Shares

सुर्खेत, १० मंसिर । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मङ्सिर २ गते पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मेका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ ।

तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको शनिबार राती मृत्यु भएको हो । गएको आइतबार रास्कोट नगरपालिका– ५ सिउना कालीकोटकी २८ वर्षीया ललिता बुढाले जुम्ल्याहा बालिकालाई जन्म दिएकी थिइन ।

श्वासको गति बढ्दै गएपछि जुम्ल्याहा बालिकाको मृत्यु भएको डा राजीव शाहले जानकारी दिए । “भिडियो एक्स–रे गरेर हेर्दा जुम्ल्याहा बालिका दुवैको मुटु जोडिएको थियो”, उनले भने, “मुटु जोडिएकाको शल्यक्रिया गर्न सकिदैन ।”

ललिताको ज्यान जोगाउन चिकित्सक सफल भएका थिए ।

यो पनि हेर्नुहोस………….

सुर्खेत अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा शिशु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *