चिकित्साशास्त्र तर्फका १ हजार ५५५ जना विद्यार्थी दिक्षित हुँदै
काठमाडौँ, ६ मंसिर । काठमाडौं विश्वविद्यालयले चिकित्साशास्त्र तर्फका १ हजार ५५५ जना विद्यार्थीलाई दीक्षित गर्ने भएको छ ।
आगामी ७ मंसिरमा हुने २४औँ दीक्षान्त समारोहमा एमबिबिएस ९६९, बिडिएस १६६, बिएस्सी नर्सिङ १८२, बिएनएस १८, बिपिटी २२, एमडी, एमएस, एमडिएस, एमएस्सी, डिएम र एमसिएच १९८ जना दीक्षित हुँदै छन् ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डिन डा. राजेन्द्र कोजुका अनुसार अहिलेसम्म चिकित्साशास्त्र तर्फका १२ हजार २ सय ३६ जना विद्यार्थी दीक्षित भइसकेका छन् ।
विसं ०५१ सालबाट मेडिकल शिक्षा सुरु गरेको काठमाडौं विश्वविद्यालयले अहिलेसम्म एक हजार जना बढीलाई छात्रावृत्तिमा अध्ययन गराएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



