काठमाडौँ डायविटिजद्धारा जाउलाखेल र भक्तपुरमा निशुल्क स्वास्थ्य शिविर

192
Shares

ललितपुर, २८ कात्तिक । विश्व मधुमेह दिवसको अवसर पारी जावलाखेल स्थित काठमाडौँ डाइविटिज एण्ड थाइराइड सेन्टरले आज अस्पताल परिसरमा मधुमेह सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

उक्त शिविरबाट २५० बढीले निशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षण गराउन आउनेहरुलाई आवश्यकताको आधारमा निशुल्क औषधि समेत उपलव्ध गराइएको थियो ।

शिविरमा विशेषगरी व्लड सुगर परीक्षण गरिएको मधुमेह,थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. अंशुमाली जोशीले जानकारी दिए ।

त्यसअघि संस्थाले जाउलाखेल र भक्तपुरको दरबारस्क्वायर क्षेत्रमा मधुमेह सम्वन्धी जनचेतनामुलक प्रभातफेरी कार्यक्रम र निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *