राप्तीअञ्चल अस्पतालमा थप चार चिकित्सक

328
Shares


दाङ, २२ असोज । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एक विशेषज्ञसहित थप चार चिकित्सक उपचारमा खटिएका छन् । यसअघि अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो ।

राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत शल्यक्रिया विशेषज्ञ डा जनार्दन पन्थी सरुवा भएर राप्ती अञ्चल अस्पताल आएका हुन् । यस्तै स्वास्थ्य सेवा विभागले थप दुई चिकित्सकलाई अञ्चल अस्पतालमा पठाएको छ भने तुलसीपुर उपमहानगरपालिकाले समेत एक चिकित्सकको व्यवस्था गरेको छ । लामो समयसम्म रिक्त दरबन्दीमा नौ नर्स काममा खटिएका अस्पतालका निमित्त प्रमुख डा सर्वेश शर्माले जानकारी दिए। “अब अस्पतालको सेवा थप प्रभावकारी बन्छ,” उनले भने ।

यसअघि चिकित्सक अभावमा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो । विशेषज्ञ चिकित्सक नहुँदा सामान्य बिरामीलाई समेत अन्य अस्पताल पठाउनुपर्ने बाध्यता थियो । “थप चिकित्सक भित्र्याउने तयारीमा छौँ,” डा शर्माले भने । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *