सिरहामा क्यान्सर अस्पताल स्थापना गर्न अध्ययन समिति गठन

काठमाडौँ, १२ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश – २ अन्तर्गत सिरहा जिल्लामा क्यान्सर अस्पताल स्थापना गर्न तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य एवं जनसङ्ख्या मन्त्रिस्तरीय निर्णयबाट बिहीबार गठन भएको सो समितिको संयोजकमा मन्त्रालयका उपसचिव लीलाराज पौडेल र सदस्यद्वयमा भक्तपुर क्यान्सर अस्पतालका हेमोटोलोजिस्ट डा अजयकुमार झा र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटा रहेका छन् ।

क्यान्सर रोगको उपचारका लागि पर्याप्त विशिष्टकृत अस्पताल नभएको सन्दर्भमा भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, प्रदेश सरकार तथा स्थानीय तहसँगको समन्वयमा सो जिल्लामा अस्पताल स्थापना गर्न अध्ययन समिति गठन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरिएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *